राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको हुन् ।

शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए ।