नेपाली काङ्ग्रेस चौरजहारीको कार्यकर्ता अन्तरक्रिया सम्पन्न

नेपाली काङ्ग्रेस चौरजहारीको आयोजनामा नगर स्तरीय अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टीका कर्णाली प्रदेश सभापति ललित जङ्ग शाहीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम आज रुकुम पश्चिम चौरजहारीको होटल मिड भ्यालीको सभाहलमा सम्पन्न भएको हो।

समसामयिक राजनितिक घटनाक्रम, कर्णाली काङ्ग्रेसको अबको रणनीति र निर्वाचन तयारीका लागि अगुवा कार्यकर्तालाई सूसुचित गर्न तथा कार्यकर्ता तहमा रहेका जिज्ञासा र गुनासोहरुको सुनुवाइ प्रदेशका उपल्लो तहका नेताहरु बाट होस भन्ने उदेश्यले नगर स्तरीय अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली काङ्ग्रेस चौरजहारी नगर कार्य समिती सभापति प्रेम बहादुर ओलीले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाली काङ्ग्रेस कर्णाली प्रदेश अध्यक्ष ललितजङ्ग शाहीले नेपाली काङ्ग्रेसका प्रति रूकुमेली जनताकाे अटल बिश्वास देख्दा आफु गौरवान्वित भएको बताउदै यो उर्जा र उत्साहले आगामी निर्वाचनमा काङ्ग्रेस जित निश्चित निश्चित भएको बताउनु भयो । सभापति शाहीले एक ढिक्का भएर अघि बढे कसैले पनि काँग्रेसलाई हराउन नसक्ने धारणा राख्नु भएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले रुकुममा माओवादी केन्द्रले गरेकाे ज्यादती धेरै नटिक्ने र देशबाटै पतनकाे बाटाेमा गएको माओवादी केन्द्रलाई काङ्ग्रेसले केन्द्र र प्रदेशमा पनि काध थाप्न नहुने भन्दै अबको निर्वाचनमा काङ्ग्रेसकाे जितलाई कसैले राेक्न नसक्ने बताए । वक्ताहरुले पार्टीले पक्षपात नगरी जनप्रीय व्यक्तिलाई आगामी चुनावमा टिकट दिनु पर्ने र अरु नेता कार्यकर्ता गुटबन्दीमा नलागी  व्यक्तिगत स्वार्थ छोडेर काङ्ग्रेस जिताउन लागिपर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस रुकुम पश्चिमका सभापति प्रेेेम प्रकाश ओली, नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सदस्य लंकबहादुर शाही , रिप बहादुर ओली, सीता ओली, बलबिर गाेसाई, महासमिति सदस्य तिलक भण्डारी, महाधिवेशन प्रतिनिधि मन मोहन शाह,तुफैल अहमद खा,जिल्ला पार्टी उपसभापति हर्कसिंह खत्री, सचिब परमेश्वर भण्डारी, पार्टीका क्षेत्रीय सभापतिहरु महेन्द्र केसी र भद्र बहादुर बिष्ट ,महिला संघ रुकुमका अध्यक्ष मनिषा राेकाय, तरुण दलका अध्यक्ष लाेकेन्द्र केसी, दलित संघका अध्यक्ष प्रविर ददेल, नेपाल बिद्यार्थी संघका अध्यक्ष लालबहादुर ओली, प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी  लगायत ३०० बढी स्थानीय नेता तथा अगुवा कार्यकर्ताको उपस्थित रहेकाे थियाे।

नगर सभापति प्रेम बहादुर ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथी कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी रहनु भएको थियो भने स्वागत मन्तव्य उप सभापती गणेशमान डाङ्गी र संचालन सचिव लक्ष्मण ओलीले गर्नु भएको थियो ।