नकारात्मक टिप्पणी गर्नेमाथि गायिका समिक्षाको खबरदारीः देशमा साइबर अपराधको कानुन पनि छ भन्ने याद गर्नुस

काठमाडौं- गायिका समिक्षा अधिकारीले केहि मान्छेले आफ्ना हरेक स्टाटसमाथि नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोस पोखेकी छन् । उनले सामाजिक कमजोरी नदेख्ने, महिलामाथिको अन्याय र विभेद नजान्ने तर एउटी नारीको चरित्रमा प्रश्न गर्ने भन्दै आक्रोस पोखेकी हुन् । ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायिका अधिकारीले आफुमाथि नकारात्मक टिप्पणी गर्नेहरुलाई देशमा साइबर अपराधको कानुन रहेको भन्दै खबरदारी पनि गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्,

‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ । ’

पछिल्लो समय गायिका अधिकारीका हरेक पोष्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्