
रुकुमकाे बाँफिकाेट वडा नं. १ लागिमा नेपाल दलित संघ गठन भएको छ । साेमबार बसेको दलित समुदायको भेलाले गणेश विक अध्यक्ष रहेको १८ सदस्यीय नेपाल दलित संघ वडा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा काैशिला कामी,सचिवमा कलिभान विक, सहसचिवमा कमला विक कोषाध्यक्षमा डिले कामी र सदस्यमा सिर्जना विक,कल्पना विक,ललिता विक,मनिषा विक,चन्द्राकला कामी निर्मला विक,कमला विक,असैनी कामी,सर्केनी कामी, रुपा कामी,बहादुर कामी, निर्मला विक र सरु कामी रहनुभएकाे छ ।
वडा स्तरीय दलित संघ गठन कार्यक्रममा बाेल्दै दलित अगुवा तथा नेपाली कांग्रेस बाँफिकाेट गाउँपालिका कार्य समितिका सदस्य दत्त बहादुर कामीले आरक्षणलाई सिढी बनाई माओवादीले गरेकाे ज्यादतिलाई अब बुझ्नु पर्नेबेला आएकाे बताउनुभयो । व्यवस्था परिवर्तनका नाममा भएका अन्यायका विरुद्धमा आवाज उठाउनकाे लागि र दलित समुदायको उत्थानका लागी समुदाय भित्रको एकताको खाँचो रहेको बताउदै नवगठित कार्य समितिका पदाधिकारीहरुलाई बधाई सहित सफलकार्यकालको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा स्थानीय नेता कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियोे ।

गणेश खनाल । ९ फाल्गुन २०७८, सोमबार २१:४४