कर्णालीमा हिमपात र वर्षाका कारण जनजीवन प्रभावित

सुर्खेत – कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ ।

हुम्लाको सदरमुकाम सिमीकोटमा १ फिट भन्दा माथी हिमपात भएको छ । लगातारको भारी हिमपातका कारण सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कन समस्या भइरहेको छ।

यस्तै मुगु, डोल्पा, जुम्ला, दैलेख, कालिकोट लगायतका जिल्लाहरुका उच्च पहाडी र हिमाली भु–भागहरुमा हिमपात र वर्षा भइरहेको छ भने सबै जिल्लामा अहिलेसम्म अप्रिय घटना नघटेको खबर छ ।