मोडल तथा रचनाकार उमेश चन्द ठकुरीको “चोट” नामक गीतले इपिक म्युजिक अवार्ड -२०७८ मा ‘बेष्ट भिडियो ईडिटर अफ दी ईयर’को अवार्ड हात पार्न सफल भएको छ । उक्त गीतबाट बेष्ट ईडिटरका रुपमा मीन रावल सम्मानित भएका छन।
उमेश चन्द,अन्जली अधिकारी लगायतको मोडलिङ रहेको गीतमा प्रविशा अधिकारीको स्वर, राज कुमार बगरको संगीत तथा उमेश चन्द ठकुरीको शब्द रहेको छ । उक्त गीतको सिनेम्याटोग्राफी डिबी रेउले ले गरेका हुन, भिडियो ईडिटिंगको काम भने मीन रावलले गरेका हुन । गत बैशाखमा भावना म्युजिक सोलुशनले बजारमा ल्याएको भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ । उक्त गीतको ‘मेल भर्सन’मा भने चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ, जसलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो । पछिल्नो समय आफ्नै युटुब च्यानलमा दुवै गीत समावेश गरिएको मोडल उमेश चन्द ठकुरीले बताउनु भयो ।
इपिक म्युजिक अवार्ड -२०७८ मा उत्कृष्ट गायिका (महिला)को अवार्ड प्रविशा अधिकारीले जितेकी छन भने उत्कृष्ट संगीतकार, उत्कृष्ट निर्देशक, उत्कृष्ट मोडल को अवार्ड क्रमश : राज कुमार बगर, विक्रम चौहान र सारिका केसीले जितेका छन।
आफ्नो गीतले ‘बेष्ट भिडियो ईडिटर अफ दी ईयर’को अवार्ड जितेपछि मोडल तथा रचनाकार ठकुरीले अवार्डले आफुलाई संगीत र अभिनयकर्ममा लागिरहन हौसला प्राप्त भएको बताएका छन। ठकुरीले आफु लगायत आफ्नो सम्पूर्ण टीमलाई प्राप्त माया अनि हौसलाका लागी अवार्ड आयोजक टीम लगायत सम्पूर्ण दर्शक श्रोतालाई धन्यवाद व्यक्त गरेका छन।

हेलो कर्णाली । १३ मंसिर २०७८, सोमबार १५:०३