६ महिनादेखि अवरुद्ध बाटाे तरुण दलद्वारा निर्माण

बाँफिकाेट गाउँपालिका वडानम्बर ६ मग्माकाे तलिगाउँदेखि बाँकिखाेलासम्मकाे बाटाे निर्माण गरिएकाे छ। गत भदौमा पहिराे गई अवरुद्ध भएकाे बाटाे तरुण दलले निर्माण गरेकाे हाे ।

बाटाे अवरुद्ध हुदाँ स्थानीयलाई दैनिक आवतजावतमा निकै समस्या भएकाे थियाे । बाटाे निर्माण भएपछि सहज भएकाे स्थानीयकाे भनाई छ । स्थानीय सरकारकाे लापरबाहीका कारण बाटाे नबन्दा तरुण दल बाँफिकाेट गाउँपालिका काेषाध्यक्ष जनक कुसारीकाे नेतृत्वमा करिब ३ सय मिटर बाटोमा निर्माण गरिएकाे तरुण दल बाफिँकाेट ६ का सभापति कमल कुसारी जानकारी दिनुभयो ।

स्थानीयले बाटाे निर्माण गर्न सरकारसँग पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि तरुण दलले बाटो निर्माण गरिदिएकाे हाे । बाटाे निर्माण भएपछि बाँफिकाेट ६ र ८ का बासिन्दालाई आवतजावतमा सजिलो भएकाे स्थानीय नवीन परियारले जानकारी दिनुभयाे ।